अर्घाखाँचीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २० जना,भुमिकास्थान नगरपालिकामा १२ जना शितगंगा नगरपालिकामा ५ जना, मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १६ सय १ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लका विभिन्न पालिका बाट ३६ जनाले कोरोना जितेर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ८ सय ९८ पुगेको छ ।
अब जिल्लामा सक्रिया कोरोना संक्रमित संख्या ६ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ का २४ वर्षिय पुरुष रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।हाल सम्म कोरोना बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close