विश्वमा सात दिनमै ५२ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ । जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३५३ पुगेको छ ।
संसारमा सबैभन्दा बढी कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । यो देशमा ५ लाख ८० हजारभन्दा बढी व्यक्तिहरुको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ भने ३ करोड २० लाखभन्दा बढी संक्रमितहरु देखिएका छन् । अमेरिकापछि भारत र ब्राजिल सबैभन्दा बढी प्रभावित मुलुक भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । संगठनका अनुसार अहिलेसम्म विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३० लाख नाघेको छ । जसमध्ये २५ देखि ५९ वर्ष उमेरका व्यक्ति संक्रमित हुने क्रम तिव्र रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो खतराको घण्टी हो र अब विश्वभर खोप अभियान तिव्र पार्नु एकमात्र विकल्प हो ।
अमेरिकामा १६ वर्षभन्दा माथिकालाई भ्याक्सिन
बंगलादेशमा राष्ट्रव्यापी लकडाउन
बंगलादेशमा अप्रिल २८ सम्म राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ पछिल्लो समय ४ हजार ५५९ जना नयाँ संक्रमित भेटिएका छन् भने ९१ जनाको मृत्यु भएको छ । स्वीडेनमा पछिल्लो २४ घण्टामा १६ हजार ६९२ नयाँ संक्रमितहरु फेला परेका छन् भने त्यहाँ संक्रमितहरुको संख्या ९ लाख पार भएको छ । अहिलेसम्म स्वीडेनमा १३ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भैसकेको छ । यता, नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्र नेपालमा १७३६ जना कोरोना संक्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ ।एजेन्सी
कमेन्ट गर्नुहोस !