सक्षम परियोजनाद्वारा शारिरिक अपाङ्गता भएका बालबालिका सहायक सामाग्रही हस्तान्तरण

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा शारिरिक अपाङ्गता भएका बालबालिका लाई एक कार्यक्रम का बिच सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख ऋिषि बहादुर पुलामिले हरेक क्षेत्रमा अपाङ्गता भएका बालबालिकालाई समान दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले शारिरिक अपाङ्गता भएका बालबालिका लाई सेवा दिनको लागि हरेक क्षेत्र बाट साथ सहयोग मार्फत सदरमुकाम केन्द्रित कार्यक्रम मात्र सिमित नभई ग्रामीण भेगमा पनि कार्यक्रम संचालन गर्नआग्रह गर्नुभयो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार वि.क (किशोर) ले स्थानीयतहले अपाङ्गता भएका बालबालिका हरुको लागि आवश्यक सहयोग गदै आाएको बताउनुभयो। जिल्ला अस्पतालका प्रमुख कपिल गौतमले सक्षम परियोजनाले अस्पताल संग पनि सहकार्य गरेर काम गरेको बताउँदै यसले आगामी दिनमा पनि कार्यक्रम लाई निरन्तरता दिने आग्रह गर्नुभयो ।
परियोजना सुपरभाइजर लेखनाथ आचार्यले आज मात्र जिल्ला भित्रका शारिरिक अपाङ्गता भएका १४ जना बालबालिका लाई करिव ५० हजारको सहायक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । कार्यक्रम मा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले मन्तव्य राख्नुभएको थियो कार्यक्रम परियोजना अर्घाखाँचीका सुपरभाइजर सुमन ढुंगानाको संचानमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close