आईपीएल खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित

काठमाण्डौं ।शुक्रबारदेखि सुरु भएको १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले रोमाञ्चक जित निकालेको छ । गएराति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्सले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए ।
अन्य ब्याट्सम्यान भने खासै चल्न सकेनन् । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।
कमेन्ट गर्नुहोस !