पत्रकार महासंघ अर्घाखाँचीमा खनाल नेतृत्वको संयुक्त प्यानल विजयी

अर्घाखाँची ।नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखामा अशोक खनाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल प्रगतिशिल पत्रकार संघ नेपाल ,प्रेश चौतारी ( माधब समुह)जन पत्रकार संघको पत्रकारहरूको संयुक्त प्यानल विजयी भएको हो ।
संयुक्त प्यानल बाट प्रेस संगठन नेपाल माओवादी निकटका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो। कांग्रेस निकट प्रेस युनियनका उपाध्यक्ष बिरेन्द्र केसीले ८१ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी प्रेश चौतारी ओली निकट का उपाध्यक्ष वसन्त श्रेष्ठ ३३मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार बाट उपाध्यक्ष (महिला)भगवता पाण्डेले ७४मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रेश चौतारी ओली निकट की सबिता आचार्यले ४२मत प्राप्त गर्नुभएको हो । यस्तै राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार बाट सचीव मा बिनोद गैरले ८५मत प्राप्त गर्नुभयो भने प्रेश चौतारी ओली निकट बाट प्रतिद्वन्द्वी सचीव बिष्णु आलेले ३१ मत प्राप्त गर्नुभएको छ। प्रेश चौतारी ( माधब समुह)सहसचिव हृदय भुसाल ८४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी प्रेश चौतारी ओली निकट का हुम ब. बिकले ३२कांग्रेस निटक प्रेस युनियनका कोषाध्यक्ष रुद्रमणी भुसालले ७७ मत प्राप्त गनुभयो भने प्रतिद्वन्द्वी नवीन खत्री ३७ मत प्राप्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close