अर्घाखाँचीमा जीप दुर्घटना, ३ घाइते, २ को अवस्था गम्भीर

प्रेमनारायण आचार्य /सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।  सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । ३ जनामध्ये गम्भीर अवस्थाका सन्धिखर्क ९ अर्घाका  ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सिता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

अर्का १८ वर्षीय विजय खत्रीको अस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । जीपमा सवार यात्रु सुरज खनालका अनुसार साढे ३ वर्षीय बालकसहित ६ जना थिए । जीपमा रहेका ६ जनामध्ये ३ जना सकुशल निस्कन सफल भएका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close