कांग्रेस नेता जोशीको अवस्था चिन्ताजनक

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत रहनुभएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । अस्पताल र पारिवारिक स्रोतले जोशीको स्वास्थ्य स्थिर रहेको बताएको छ ।जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।

गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिएका थिए ।परिवारले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारेको छ ।

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशीको परिवारको आग्रह

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close