बर्दियामा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु

काठमाण्डौं ।बर्दियामा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर—३ स्थित सम्झना सामुदायिक वनमा दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन—३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो । बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।
भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेको हो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए । बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए । उनको शव दशगजामा फेला परेको छ ।
कमेन्ट गर्नुहोस !