आज प्रतिनिधिसभा बैठक बस्दै,सबैले चासोका साथ हेरेको दिन

काठमाण्डौं ।प्रतिनिधिसभाको आज बैठक बस्दै छ। गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको २३ गते पुनःस्थापना गरिदिएको थियो । सर्वोच्च अदालतको आदेशपछि सरकारले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही आधारमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

आज बैठक सबैले चासोका साथ हेरेका छन्। यता प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने र विश्वासको मत पनि नलिने मनस्थिति बनाउनुभएको छ । हिजोको नेकपाको ओली समूहको संसदीय दलको बैठकले पनि यही निर्णय गरेको थियो ।यस्तै नेकपाको प्रचण्ड–नेपाल समूहले बैठक बस्नुअघि राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउने बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close