सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द विप्लव समूह तयार

काठमाण्डौं ।सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द विप्लव समूहले समिति गठन गरेको छ । सरकारी पक्षले दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव सूमहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।सरकारी वार्ता टोलीले नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गर्दा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई वार्ता टोलीका सदस्यका रूपमा छन् । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।
आज नै विप्लव समूहसँग औपचारिक वार्ता गर्न गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !