सन्धिखर्कमा सवारी दुर्घटनाका २ घाइतेको बुटवल रिफर

सागर महत,असोज २७,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ रिठेखोला स्थित ढोरपाटन सालझण्डी सडकखण्डमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किएर २ जना घाइते भएका छन ।
घाइते हुनेमा मोटरसाइकल चालक पाणिनी गाउँपालिका ३ खिदिम वस्ने २७ वर्षिय कविराज पराजुली र मोटरसाइकल पछाडी बस्ने भुमिकास्थान नगरपालिका ८ वस्ने २२बर्षिय सिर्जना वञ्जाडे घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।दुबै जनालाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
वलेवाङ देखि सन्धिखर्क तर्फ आउदै गरेको लु.प्र.०१–००१ च ३१६३ नंम्बर को ट्याक्सी र विपरीत दिशा बाट जादै गरेको लु ४२ प २४९१ मोटरसाइकल एकआपसमा ठक्कर खान जादा दुर्घटना भएको जनाएको छ ।यस्तै दुबै सवारीमा पनि क्षति भएको छ ।
कमेन्ट गर्नुहोस !