आज अर्घाखाँचीमा विद्युतको टावर मर्मत गर्न २ चरणमा ४ घण्टा विद्युत अवरुद्व हुने

सागर महत,असार २३अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गतको मोतिपुर सन्धिखर्क १३२ के.भी. प्रशारण लाईनको टावर नम्बर २९ र ३० को मर्मत कार्यको लागि आज बिहान ८बजे देखि १० बजे सम्म २ घण्टा र बेलुकी ५ बजेदेखि देखि ७ बजे सम्म विद्युत अवरुद्व हुने भएको हो ।
१३२ के.भी. लाईन सट–डाउन हुने भएकोले अर्घाखाँची वितरण केन्द्र अन्तर्गतका सम्पुर्ण स्थानहरूमा उक्त समयमा विद्युत अवरुद्व हुने नेपाल नेपाल विद्युत प्राधिकरण, अर्घाखाँची वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।
यस्तै सम्भव भएसम्म गुल्मी तथा पाल्पाबाट वैकल्पिक रुटबाट विधुत सप्लाई गरिने पनि उहाँले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !