देश गम्भीर संकटमा फसेको छःहेमन्त प्रकाश वली

अनिल नेपाली ,चैत्र २९,अर्घाखाँची ।मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोलि नम्बर ४ का प्रमुख हेमन्त प्रकाश वली सुर्देशनले देश गम्भीर संकटमा फसेको, अर्थतन्त्र कमजोर बनेको बताउनुभएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध बिस्तार अभियान कार्यक्रममा मन्तब्य राख्दै नेता वली यस्तो बताउनुभएको हो।

नेता वलीले दलाल, पुँजीपतीहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको उहाले बताउनुभयो ।उहाले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको बताउदै अहिले राजावादी सल्बिलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो,।

उनिहरुकै कारण यो अवस्था आएको बताउदै वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनतालाई उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने बताउनुभएको छ ।
कार्यक्रममा पोलिटव्युरो सदस्य धनिश्वर पोखेल प्रेम सुवेदी , श्याम बहादुर बोहोरा , लाल बहादुर जाग्री कृष्ण केसि नरेन्द्र थापा केन्द्रीय सदस्य हुकुम खड्का नवीन खड्का दिनेश थापा राजेन्द्र नेपाली लगायतले कार्यक्रममा मन्तब्य राख्दै जनताका पक्षमा आफ्नो पार्टीले जनजागरण अभियान सञ्चालन गरेर छरिएर रहेका कम्युनिस्ट लाई एककृत गर्ने बताएका थिए।

पार्टीले जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विराचधारत्मक राजनीतिक कार्यदिशालाई जनताबीच पु¥याउनका लागि अभियान थालेकोलेको पार्टीले जनाएको छ यो अभियान बैशाख १८ गतेसम्म चल्ने बताएको छ । बैतडीको झुलागाडबाट चैतको ४ गतेबाट सुरु भएको टोली विभिन्न जिल्लामा कार्यक्रम गदै हिजो अर्घाखाँची आएको थियोे।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close