पाणीनी तपोभुमिको विकास गर्न माष्टर पलायन बनाएर अघि बढन प्रधानमन्त्री ओलीको सुझाव

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी तपोभुमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ।लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय,पर्यटन विकास परिषद, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पार्नु भयो ।

विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका उहाँको भनाइ छ। यश क्षेत्रको विकाशका लागि माष्टर पलान बनाएर अगाडी बढ्ने भएकाले नआतिन आग्रह गर्नुभयो।जसमा विज्ञको राय सुझाव पनि लिइने बताउनुभयो।

पाणिनि गाउँपालिका १ र २ को सिमानामा रहेको तपोभूमिमा पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको दाबी गर्नु भयो । पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो, उहाँले भन्नुभयो ।पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको उहाँले दाबी गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close