व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न मालारानी अध्यक्ष भट्टराईको आग्रह

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न आग्रह गर्नुभएको छ।घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँची र करदाता सेवा कार्यालय सन्धिखर्कले संयुक्त रुपमा गाउँपालिकामा राखेको सेवा प्रवाह सरलीकृतका लागि अन्तरतह समन्वय कार्यक्रम र कर शिक्षा कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।


पालिकामा रहेका व्यवसायीहरुलाई जुन व्यवसाय दर्ता गरिएको छ।सोही अनुसारका सामाग्री राख्न अनुरोध गर्नुभएको छ।व्यता यवसायीहरुले तिन ठाउँबाट प्राप्त गर्ने जानकारी एकै ठाँउबाट प्राप्त गर्दा निकै खुशी भएको बताउनुभयो।व्यवसायका दर्ता र नविकरणको क्रममा फरक ठाँउमा जान बाध्य पर्ने गरेको उपाध्यक्ष दिपा पोखरेलको भनाइ छ । यो समस्या हल गर्न सबै लाग्न आवश्यक छ,जनप्रतिनिधी सबैका साझा हुन ।सोहि अनुसार व्यवसायको निति बनाउदा साथ दिन जरुरी छ।

मालारानी गाउँपालिकामा ६सय १२वटा व्यवसाय दर्ता भएका छ्न।जसमध्ये ३सय ९४वटा नविकरण भएको प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले जानकारी दिनुभयो।अब छिटै वडा स्तरमा व्यवसाय दर्ताको शिविर संचालन गरिने उहाँले बताउनुभयो ।

व्यवसाय दर्ता ,नवीकरण ,नामसारी ,खारेजी पुँजी वृद्दी साझेदारी फर्म लगायतका विषयमा घरेलु तथा साना उद्योगकी कार्यालय प्रमुख दुर्गा न्यौपाने सहजीकरण गदै काम गर्न सहज होस भनेर यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

व्यवसायीहरूलाई आय कर तथा मूल्य अभिवृद्धि कर लगायत करका नीति नियमका बारेमा करदाता सेवा कार्यालय सन्धिखर्कका कर अधिकृत स्वागत थापाले सहजीकरण गर्दै व्यवसया दर्ता गरी सकेको पछि अनिवार्य राजेश्वको दायरामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा करदाता सेवा कार्यालय सन्धिखर्कका सुचना अधिकारी सुनिल ज्ञवाली लगायतले पनि सहजीकरण गरेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुम बहादुर विकको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close