गरिबसँगको विश्वेश्वर कार्यक्रम औपचारिकतामा सीमित बजेट अभावले प्रभावकारी भएनःभुसाल

सुर्य प्रसाद भुसाल,सन्धिखर्क ।
प्रभावकारी अनुगमन संयन्त्रको अभावमा गरिबसँग विश्वेश्वर कार्यक्रम औपचारिकतामा सीमित भएको सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भएको छ ।सन्धिखर्क नगरपालिका वाड नम्बर ४ र ५ मा लागू भएको गरिबसँग बिशेश्वर कार्यक्रम ले गरिबलाई आर्थिक रुपमा सम्पन्न बनाउने उद्देश्य राखेको भएपनि न्यून बजेटका कारण प्रभावकारी काम गर्न समस्या भएकोले यश बिषयमा सघिय सरकार गम्भीर हुनुपर्ने बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका वाड नम्बर ४ र ५ का अति विपन्न परिवारलाई हिल ट्याङ्की बितरण गर्दै प्रशासकीय अधिकृत भुसालले गरिव सग बिशेश्वर कार्यक्रम निकै महत्त्वपूर्ण कार्यक्रम भएको ले यश कार्यक्रम लाई सबै वाडमा पुराउने गरि सरकार लाग्नु पर्ने बताउनु भएको हो । प्रशासकीय अधिकृत भुसाल का अनुसार प्रतिपरिवार दुई हजार १०० भन्दा कम आम्दानी भएकालाई गरिबका रुपमा मान्यता दिएर तिनलाई राज्यको मूलप्रवाहमा ल्याउने उद्देश्यका साथ सो गरिव सग बिशेश्वर कार्यक्रम अगाडि सारिएको थियो ।
तर, कहिले राजनीतिक दृष्टिकोणका कारण त कहिले प्रभावकारी संयन्त्रको अभावमा सोचेजति उपलब्धि भने प्राप्त हुन नसकेको भुसालको भनाइ छ । कार्यक्रममा वाड नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ५ का अध्यक्ष ऋषब अधिकारी जिल्ला न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठ कार्यपालिका सदस्य सीता बस्नेत मान बहादुर सुनुवार लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा गरिव सग बिशेश्वर कार्यक्रम का सयोजक माया भुसालले अहिले सम्म वाड नम्बर ४ र ५ मा सस्थाले गरेका कामहरुका बारेमा जानकारी गराउनु भएको थियोे ।
कमेन्ट गर्नुहोस !