अर्घााखाँचीमा आयआर्जन गर्न कृषकलाई निःशुल्क कुखुरा वितरण

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर २मा स्थानीय जातका कुखुरा वितरण गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत कृषकलाई कुखुरा वितरण गरेको हो ।
पहिलो चरणमा भगवती कृषि सहकारी संस्था मार्फत १२ सय ५० स्थानीय जातका ९हप्ताका कुखुरा वितरण गरिएको हो।

२५ जना कृषकलाई ५० वटाका दरले कुखुरा हस्तान्तरण गरिएको कार्यालय प्रमुख विष्णुप्रसाद पौडे्लले जानकारी दिनुभयो ।किसानलाई कुखुरासहित औषधि तथा आवश्यक भिटामिनका साथै दाना र पानी खुवाउने भाँडा निःशूल्क उपलब्ध गराइएको थियो।यस्तै प्रति खोर निर्माण गर्न कार्यालयले ६ हजार समेत प्रदान गरेको हो।


यसबाट ग्रामीण क्षेत्रमा स्थानीयलाई रोजगारी सिर्जना गर्ने, पोषणमा सुधारमा पनि महत्वपुर्ण भुमिका रहने छ ।यो कार्यक्रम अहिले जिल्लाको भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकामा मात्र रहेको कार्यालय प्रमुख पौडे्लले बताउनुभयो ।
विशेष गरी महिलालाई जीविकोपार्जनकासँगै लगानीको प्रतिफल आउने वडा अध्यक्ष बुद्विबहादुर थापाको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close