गुल्मीमा श्रीमानले बाँदर भगाउन राखेको विद्युतीय तारमा परेर श्रीमतीको मृत्यु

गुल्मी ।गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते हुनुभएको थियो।करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको एसपी राजन भुजेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !