कांग्रेस अर्घाखाँचीले वडा,पालिका र क्षेत्रीय सम्मेलन गर्दै,तयारीमा जुट सभापति श्रेष्ठको आग्रह

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको बैठक बिपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले यहि चैत ९ गते वडा सम्मेलन १६ गते पालिका सम्मेलन २३ गते क्षेत्रीय सम्मेलन गर्ने निणय गरेको कांग्रेस जिल्ला सभापती केशव श्रेष्ठले जानकारी दिनुभयो ।सबै वडा हरुलाई चैत १० गतेभित्र अनिवार्य क्रियाशील सदस्यता रिन्यु तथा नयाँ सदस्य को फर्म जिल्लामा अनिवार्य बुझाउन निर्देशन दिदै चैत १५ गते भित्र केन्द्रीय कार्यलयमा पठाउने निर्यण गरेको सभापति श्रेष्ठले बताउनुभयो ।यसैगरी सोहि अनुसार जुटन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
सचिवहरु कृष्णप्रसाद खनाल र अच्युत गौतमले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।
बैठकमा सहसचिव कमल पौडेल मेगराज पाण्डे जिल्ला सदस्य पदाधिकारीक्षेत्रीय सभापति पालिका सभापति हरु को उपस्थिति रहेको थियो । प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !