अर्घाखाँचीमा नक्कली नोट्सहित १जना पक्राउ

सन्धिखर्क।अर्घाखाँचीमा नक्कली नोटसहित १जना पक्राउ परेका छन।जिल्लाको शितगंगा नगरपालिका  १२ढोंडेनीबाट ९ थान नक्कली नोट सहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नक्कली भारतीय नोट सहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ घर भई हाल शितगंगा नगरपालिका १ बस्ने यान बहादुर बस्नेत क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गस्तीमा  गएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडेको देखेपछी खानतलासी गर्दा भारतीय रुपैया जस्तो देखिने ९ थान नक्कली नोट फेला पारेको सुचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिनुभयो।

पक्राउ परेका क्षेत्रीमाथी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close