प्रगतिशिले स्थापना दिवस बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेर मनायो

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची
प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले १८औँ स्थापना दिवसको अवसरमा निर्मल नवज्योति सुस्तमनस्थिति स्कुलमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ । सो स्कुलमा रहेका २५ जना बालबालिकालाई कापी रकलम लगायतका सामग्री बितरण गरि स्थापना दिवस मनाइएको प्रगतिशिल पत्रकार अर्घाखाचीले जनाएको छ ।

श्रमजीवी पत्रकारको पेसागत हकहित संरक्षणका लागि आवाज उठाउँदै आइरहेको श्रमजीवी पत्रकारहरुको साझा संस्था प्रगतिशिलले स्थापना दिवसमा प्रगतिशिल पत्रकारका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, प्रगतिशिल पत्रकार अर्घाखाँचीका संस्थापक सदस्य गोपाल पौडेल, पूर्व अध्यक्ष इन्द्रमणी भुसाल, प्रगतिशिलका अन्य नेताहरु मेहरसिंह के.सी., जिल्ला सह–सचिव बिष्णुमाया गैरे, सदस्यहरु दामोदर के.सी., प्रकाश चुंदाली र सन्तोष सुनारको उपस्थितिमा शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानध्यापक कमला भुसालले निर्मल नवज्योति स्कुल असहाय बालबालिकाको भविष्य निर्माण गर्ने थलो बनेको ब्रिफिङ्ग गर्दै शैक्षिक सामाग्री सहयोग गरेकोमा प्रगतिशिललाई धन्यावाद दिनुभएको छ ।प्रगतिशील पत्रकार संघ नेपालको २०६४ साल पुस २२ गते दाङको भालुबाङमास्थापना भएको थियो । २०८१ पुस २२ गतेदेखि प्रगतिशील पत्रकार संघ नेपालले १७औं वर्ष पार गरि १८औं वर्षमा प्रवेश गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close