कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्छःगौतम

सन्धिखर्क ।नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद संजय गौतमले समयमा पार्टीको महाधिवेशन नभएमा त्यसको नतिजा राम्रो नआउने बताउनुभएको छ ।जसको लागि पाटीले २०८२ मा नै महाधिवेशन सम्पन्न गर्ने गरी लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको ‘सय दिने विशेष अभियान’ कार्यक्रम अन्तर्गत अर्घााखाँचीको सन्धिखर्क नगरपालिकाको पालिकास्तरीय कार्यक्रममा बोल्दै गौतमले उहाँले यस्तो बताउनुभयो ।
समयमा महाधिवेश गरेमा पाटी भित्र रहेका संगठनले जिम्मेवारी समालेर आगामी निर्वाचन २०८४ मा सहज हुने बताउनुभयो ।यो संगै कांग्रेस भित्रको आन्तरिक समस्या पनि हल हुने बताउनुभएको छ ।
अहिलेको संगठन सुधार तथा गुनासा सुन्ने अभियानमा पनि आम कार्यकर्ताले यो गुट त्यो गुट भन्ने कुरा माथिल्लो निकायबाट सुधार हुन आवश्यक रहेको गुनासो आएको केन्द्रिय सदस्य गौतमको भनाइ छ ।यता अर्घाखाँचीमा कांग्रेसको संगठन बलियो भएपनि आन्तरिक बिवादका कारण प्रदेश र संघमा हारनु परेको बताउनुभयो ।यो नतिजा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु खनाल मुस्कान,जिल्ला सभापति केशव श्रेष्ठ लगायतले सुभकामना मन्तप्य राखेको कार्यक्रम कार्यक्रम कांग्रेस सन्धिखर्क नगरपालिका सभापति बाबुराम भुसालको अध्यक्षता नगरउसभापति तुल्सी पौडे्लको स्वागत मन्तव्य सचिव मुक्तीनाथ भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रदेश,जिल्ला,पालिका,वडा तहसम्मका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !