भुत पुर्व सैनिक क्लब अर्घाखाँचीले आर्थिक सहयोग रकम हस्तान्तरण गर्ये

बिष्णु खनाल,सन्धिखर्क । भुत पुर्व सैनिक क्लब अर्घाखाँचीले स्वर्गीय राम बहादुर नेपालिको परिवारलाई राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्वर १ पानीनि क्याम्पस टोल निवासी राम बहादुर नेपालिको रोजगारिको लागि भारतको हैदरावादमा अप्रिय घटना घटेको थियो । परिवारमा खुसी ल्याउनका निम्ति रोजगारी गर्न भारतको हैदरावाद गएका नेपालिको १० दिनमै असमायिक निधन भएको थियो ।
आर्थिक स्थिती दयनीय भएको भन्दै भुपु सैनिक क्लबले राहत स्वरुप ११ हजार ५० रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष गोपालसिङ्ग अर्यालले जानकारी दिनुभयो ।

उनको परिवारमा केही समस्या परेमा आगामी दिनमा पनि सहयोगका निम्ति सदैव साथमा रहने क्लबका कोषाध्यक्ष महेन्द्र कुमार भुसालले प्रतिवद्दता व्यक्त गर्नुभयो ।सहयोग रकम हस्तान्तरणका लागि क्लबका अध्यक्ष गोपालसिङ्ग अर्याल, उपाध्यक्ष कृष्ण रायमाझी, राम बहादुर परियार, सचिव खुम बहादुर महत, कोषाध्यक्ष महेन्द्र कुमार भुसाल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close