छत्रदेवमा १सय ३६ किशोरीहरुको रक्तअल्पता परिक्षण

सन्धिखर्क ।छत्रदेव गाउँपालिकाले विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम सुरु गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम छत्रदेव गाउँपालिका–५ को सार्वजनिक माध्यमिक विद्यालयबाट शुभारम्भ भएको छ । पहिलो दिन १सय३६ किशोरीहरुको रक्तअल्पता परीक्षण गरिएको हो ।


कार्यक्रमको एक समारोहबीच गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उदघाटन गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष मनि पन्थि, प्रमुख प्रशासकीय अधिकृत राजन पान्डे, स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने विधालयका प्रधानाध्यापक प्रेमनारायण पान्डे, लगायत कर्मचारी, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले सहजीकरण गरेको कार्यक्रम प्रकाश पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close