अर्घाखाँची व्यापार संघको जिल्ला अध्यक्षमा पुन खड्का निर्वाचित

सागर महत,सन्धिखर्क।अर्घाखाँची व्यापार संघको प्रथम वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ। अधिवेशनबाट पुन अध्यक्षमा योगेन्द्र बहादुर खडका निर्वाचित हुनुभएको छ ।यस्तै बरिष्ट उपाध्यक्षमा लक्ष्मीनारायण चुदाली,उपाध्यक्षमा डिलाराम भुसाल,ज्ञानेन्द्र घिमिरे,कृष्ण प्रसाद बन्जाडे,महासचिव कृष्ण प्रसाद भुसाल,सहसचिव संजय नेपाली कोषाध्यक्ष तुल्सीराम पन्थी,स—कोषध्यक्षमा रिता बन्जाडे लगायत चयन हुनुभएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय व्यापारीहरुका संघ संस्था बढ्दै जाँदा व्यवसायी नै मर्कामा परेको बताउनुभएको छ ।व्यापारीहरुका संख्या बढ्दै जाँदा बजारमा मुल्यमा एकरुपता आउन अप्ठारो पर्ने देखि व्यवसायीहरु धरासयमा पर्ने उहाँको भनाइ छ ।अहिले यहाँ ३ वटा व्यापारीहरुका नेतृत्व छन। तिनिहरुलाई एउटै ठाँउमा ल्याउन जरुरी भएको बताउनुभएको हो ।

यस्तै अर्घाखाँची व्यापार संघका जिल्ला अध्यक्ष योगेन्द्र बहादुर खड्काले राज्यले दिनप्रतिदिन करका दर बढाउँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।आम्दानीको श्रोत घट्नु करको दर बड्नाले सटर बन्द गरेर ब्यापारी विस्थापीत हुने गरेको बताउनुभएको छ ।

यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष चुराबहादुर केसीले स्थानीय उत्पादनलाई व्यवसायीले प्राथामिक नि आग्रह गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले ५लाख भन्दा कम पुँजीको व्यवसाय पालिकामा दर्ता हुने त्यो भन्दा माथीको पुँजी भएका व्यवसाय घरेलु तथा साना उद्योगमा दर्ता हुने बताउनुभएको हो ।

कार्यक्रममा व्यपार संघका लुम्बिनी प्रदेश उपाध्यक्ष नेत्रप्रसाद भुसाल,चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठ,उद्योग वाणिज्य संघ अर्घाखाँचीकी सदस्य पार्वता श्रेष्ठ,निर्माण व्यवसायी संघका सदस्य लक्ष्मण पराजुली, व्यापार संघका सदस्य डिलाराम भुसाल पत्रकार महासंघ अध्यक्ष अशोक खनालले सुभकामना मन्तव्य राख्दै हाल जिल्लामा फरफरक व्यापारी संघ भएकाले बजारमा मुल्य बढ्दा कुनै निकायले जिम्मेवारी पन देखाउन नसकेको बताउनुभएको थियो ।उद्घाटन कार्यक्रम व्यापार संघको महासचिव कृष्ण भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close