लुम्बिनी प्रदेशका मुख्य मन्त्री महराले राजिनामा दिए

दाङ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। महराले आइतबार प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
नयाँ सत्तागठबन्धनका दलहरूलाई छिटो सरकार गठनका लागि आग्रह गर्दै उनले आफू कामचलाउ सरकारका रूपमा एकछिन पनि बस्न नचाहेको धारणा राखे। अब बन्ने सरकारलाई शुभकामना दिँदै उनले आफू नेतृत्वको सरकारले छोटो समयमा राम्रा काम गरेको दाबी गरे।कांग्रेस र एमाले मिलेपछि अल्पमतमा परेपछि मुख्य मन्त्री अल्पमतमा परेपछि राजिनामा दिएका हुन।
कमेन्ट गर्नुहोस !