छत्रदेव गाउँपालिकामा स्वयंसेविकालाई आधारभूत तालीम प्रदान

सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र छत्रदेव गाउँपालिकाको सहजीकरणमा १० दिने गाउँपालिका अन्तर्गतका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुकालागि आधारभूत तालीम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वयम सेविकाहरूले स्थानीय मातृशिशु स्वास्थ्यसँग जोडिएर नजिकबाट काम गर्नुपर्ने भएकाले उहाँहरूले प्रदान गर्ने सेवालाई यो तालिम फलदायी हुने बताउनुभयो ।
आधारभूत तालिम प्राप्त गरेपछि महिला स्वास्थ्य स्वयम सेविकाहरूले आफ्नो सीप, क्षमता र दक्षता हाँसि गरी प्रभावकारी रुपमा सेवा प्रदान गर्नुहुने छ भन्ने अपेक्षा रहेको स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य अधिकृत कृष्ण पोखरेल लगायतले पनि सहजीकरण गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !