आईसीसी टी–२० विश्वकपमा क्रिकेटमा अमेरिकालाइ हराउँदै भारत ‘सुपर आठमा पुग्यो

काठमाण्डौं ।आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो ।
यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । हिजोको खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो ।समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस !