ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरातसँग मुम्बई पराजित

काठमाडौं । गुजरात टाईटन्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो। पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा छ।
कमेन्ट गर्नुहोस !