सन्धिखर्क नगरपालिकामा अभिभावकविहीन बालबालिकालाई झोला र कपडा वितरण

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्र रहेका १२ वटै वडाका असहाय बालबालिकालाई कपडा र झोला वितरण गरेको छ ।अभिभावकविहीन बालबालिकालाई नगरपालिकाको उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरेको उपप्रमुख मिश्रा आचार्यले जानकारी दिनु्भयो ।
विशेष गरि नगरभित्र रहेका बाबा–आमा नभएका, आमाले अर्को बिहे गरेर बिचल्लीमा परेका, अरूको संरक्षणमा रहेका, बाबा–आमा दुवैको मृत्यु भएका, बाबा–आमा जेलमा परेका लगायतका कारणले असहाय बनेका बालबालिकालाई नगरपालिकाले कपडा तथा झोला वितरण गरेको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !