सम्झौता भएको रकम नआए सिहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

बुटवल lनेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।

निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री पुुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताउनुभयो ।

उहाले भन्नुभयो प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरुले सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।

“‘हामीलाई अझै पनि विश्वास छ सम्माननिय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ उहाँले भन्नुभयो ,यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्ता देखि सिहंदरबार केन्द्रीत आन्दोलन हुन्छ”

अध्यक्ष ढगांनाले स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई समेत आन्दोलनका लागि काठमाडौमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौं आउनुपर्ने हुन्छ म सबै स्थानिय सरकार प्रमुखहरुलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो ।

उहाँले संघीय र प्रदेश सरकारलाई संविधान विपरित नजान समेत चेतावनी दिनुभयो ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको हो थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close