वेस्ट इन्डिज ए संग नेपाल पराजित

काठमाडौ ।नेपाललाई हराउँदै वेस्ट इन्डिज एले शृंखला जितेको छ। लगातर तीन खेल जित्दै वेस्ट इन्डिज एले एक खेल अगावै शृंखला जितेको हो।
टियु क्रिकेट मैदानमा बिहीबार २१० रनको विजय लक्ष्य पाएको नेपाल १ बल अगावै अलआउट भयो।
यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो। अन्तिम खेल शनिबार हुनेछ।
कमेन्ट गर्नुहोस !