अर्घाखाँचीमा ईभी गाडी दुर्घटना १ जना गम्भीर घाइते

सागर महत,सन्धिखर्क। अर्घाखाँचीमा गाडी दुर्घटना भएको छ । शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा लु १ ज ४८७३ नम्बरको(ईभी) विद्युतीय गाडी दुर्घटना हुँदा १ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने ७० वर्षिय रमा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो । सन्धिखर्कदेखि बुटवलका लागि छुटेको  विद्युतीय गाडी दुर्घटना परेको हो ।घाइते लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।


दुर्घटनामा परी अन्य ७ जना सामन्य घाइते भएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक रावलले जानकारी दिनुभयो । गाडी भित्तामा ठोक्कीएर सडकमै दुर्घटना भएको हो ।अर्घा भगवती यातयात प्रा.लि. ले केहि महिना अघि संचालनमा ल्याएको गाडी दु्र्घटना परेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close