हिमालयन लाइफ इन्स्योरेन्सले सन्धिखर्कमा श्रमिकहरुलाई टिसर्ट वितरण गर्ये

सन्धिखर्क। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले श्रमिकहरुलाई टिसर्ट वितरण गरेको छ ।सन्धिखर्कमा एक कार्यक्रमका बिच कम्पनीका मार्केटिङ विभाग प्रमुख माधव शर्माको प्रमुख आतिथ्यतामा टिसर्ट वितरण गरिएको अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न कार्यमा आबद्ध १ सय भन्दा माथी श्रमिकहरुलाई टिसर्ट वितरण गरिएको हो ।कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गर्मीको मौसम सुरु भएकाले टिसर्ट वितरण गरिएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित उक्त टिसर्ट सौजन्य कार्यक्रममा कम्पनी मार्केटिङ प्रमुख माधब शर्मा, प्रदेश प्रमुख बुद्ध सुर्यवशी ,शाखा प्रमुख दिनेश सुनार लगायत शाखाका कर्मचारी साथै तथा एजेन्सी म्यानेजरहरुको उपस्तिथि रहेको थियो ।
कमेन्ट गर्नुहोस !