आज सरस्वती पूजा

काठमाडौं । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर मनाइँदै छ । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, पत्रकार,साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् ।

आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close