डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्दै

काठमाडौं । डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा।केसीले तीन दिने सत्याग्रहको घोषणा गर्नुभएको हो ।

सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसीले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने जानकारी दिनुभएको छ। विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको डा. केसीको भनाइ छ ।

‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरूका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरू उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ । तर पनि अवस्था परिवर्तन भएको छैन’, पत्रकार सम्मेलनमा केसीले भन्नुभयो, ‘त्यसैले जबाफदेही बनाउनका लागि हामीले देहायका मागसहित मङ्सिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौँ ।’

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close