पहिचान पक्षधरद्वारा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

ताप्लेजुङ । एमाले सचिव योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।
पहिचान पक्षधर समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको स्थानीयले बताएका छन । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । गाडीका सिसाहरु छरपस्ट भएका छन । घाइते भने कोहि नभएको बताएको छ ।
कमेन्ट गर्नुहोस !