विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ ।उसले ५ विकेटले पराजित गरेको हो ।

२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो । यसअघि नै विश्व कपको सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणका ९ खेलमा १४ अङ्क जोडेको छ ।

विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल पुणेमा नेपाली समय अनुसार बिहान पौने ११ बजे अष्ट्रेलिया र बङ्गलादेश तथा दिउँसो सवा दुई बजे इडेन गार्डेनमा इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्नेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close