अर्घाखाँचीका युवाले संचालन गरेको लगइन एजुकेसन विद्यार्थीहरुको रोजाई बन्दै

रुपन्देही ।लगइन एजुकेसन एण्ड टेक्निकल नेटवर्क प्रालि बुटवल विद्यार्थीहरुको रोजाइएको गन्तव्य बन्दै गएको छ ।सिकाइका लागि दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराइएको एजुकेसन संचालक अर्घाखाँची जिल्ला को मालारानी ४ मा जन्म भई हाल बुटवल गोलपार्कमा बस्दै आउनुभएका अर्जुन खनाल रहनुभएको छ । यस एजुकेसनमा पढेका करिव ४० जना भन्दा धेरैले विभिन्न क्षेत्रमा लोकसेवा पास गर्न सफल भएको उहाँको बताउनुभयो ।सफल हुनेहरु केही तस्वीर
स्तरीय शिक्षा दिने उद्देश्यका साथ सञ्चालित यस एजुकेसन बुटवल ३ गोलपार्क नजिकै रहेको छ । विशेषता शिक्षकहरूको प्रत्यक्ष निगरानीमा विद्यार्थीहरूले पढ्न र सिक्न पाउनु पनि हो ।
दक्ष तथा अनुभवी प्राध्यापकहरूबाट पठनपाठन हुने यस लगइन एजुकेसन एण्ड टेक्निकल नेटवर्कमा उच्च विधियुक्त कक्षाकोठा, इन्टरनेट सुविधा रहेको जनाएको छ । आफ्नै देशमा केहि गर्नु पर्छ भने उदेश्यका साथ अर्घाखाँचीमा जन्म भै बुटवलमा संचालन गरेको हो ।जसबाट केही लाई रोजगार पनि दिन सफल भएको उहाँले बताउनुभयो ।
हाल कम्प्युटर कक्षाहरु,अंग्रेजी भाषाका कक्षाहरु,कोरियन भाषा कक्षाहरु ,लोकसेवा कक्षाहरु, नेपाल प्रहरी सेवा तयारी कक्षाहरु ,बैंक तयारी कक्षाहरु र सबै क्षेत्रका ट्युसन पढ्नेले पनि राम्रो नतिजा ल्याउने गरेको संचालक खनालले बताउनुभयो । तत्कालको लागि Computer Basic,Office Handling Package,Accounting Package,Tally ERP 9, GraphicDesigning (Photoshop,indesign,Illustrator),Computer hardware,Software and Networking,Auto CAD 2D/3D, Schooling Course etc., Banking Training,Accounting Training संचालन गदै आएको उहाँले बताउनुभयो ।विद्यार्थीहरुको रोजाइमा पर्न सफल यस संस्थाले एसइइ र ‘प्लस टु’ पछि पनि विभिन्न तयारी कक्षा संचालन गदै आएको छ ।साथै दशैं तिहारको अवसरमा भर्ना हुने जुन सुकै विषयमा विद्यार्थीहरुलाइ २० प्रतिसत छुट हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !