सन्धिखर्कमा नाबालिकालाई करणी गर्ने एक युवक पक्राउ

सागर महत, अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गगां आधारभुत विद्यालय नजिकै रहेको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो। युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए । जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close