अध्यान विना काम गर्दा राज्यको लगानी खेर जान्छःमन्त्री सिर्पाली

सागर महत,सन्धिखर्क ।
संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री शुशीला सिर्पालीले विकासका एजेण्डा बनाउदा सबै भन्दा पहिलो प्राथामिकता के हो भने विषयमा अध्यान गर्ने समय आएको बताउनुभएको छ ।कुनै पनि अध्यान विना काम गर्दा राज्यको लगानी खेर जाने भएकाले समस्या पहिँचान गरेर मात्र लगानी गर्न उपयुक्त हुने बताउनुभयो ।अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकत्सव कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताउनुएको हो ।
यस्तै जिल्लाको एक मात्र प्रमुख पाणिनि बहुमुखी क्याम्पसको सुधारको लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले बढ्दो विदेशीनीको संख्यालाई अहिलेको अवस्थामा रोक्न नसकिने बताउनुभयो ।शिक्षाको गुणस्तर सुधार भएपनि अहिलेको समयमा विदेशीनी विद्यार्थीलाई रोक्न चुनौती रहेको बताउनुभयो ।सरकार फेरबदल हुँदा विकास निर्माणका कामले तिब्रता पाउन नसकेको बताउनुभयो ।
आर्थिक वर्ष २०७९ ÷०८०मा एक करोड ऋण लागेको क्याम्पसले जनाएको छ । बजेटको प्राप्त नभएमा आर्थिक वर्ष २०८० ÷०८१ मा थप ऋण ८७ लाख ९ हजार ७ सय हुने अनुमान गरिएको छ । जसले गर्दा क्याम्पस संचालनमा समस्या आउने वार्षिक प्रतिवेदनको गदै निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोखरेलले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,नेपाली कांग्रेस सभापति केशव श्रेष्ठ, नेकपा एमाले सचिव तोजबहादुर रायमाझी,नेकपा माओवादी केन्द्र प्रदेश सदस्य रामलाल पराजुली,नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, राजमो केन्द्रीय सदस्य सागर केसी ,नेकपा विप्लवका खेम घर्ती, नेपाल समाजवादी पार्टी पुस्करनाथ आचार्य लगायतले मन्तव्य राख्दै क्याम्पस विकासको लागि सबै सहकायर्य गरि अगाडी बढ्ने बताउनुभयो ।
यस्तै क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, प्राध्यापक सघका सभापति द्रोण प्रसाद भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष अशोक खनाल, स्ववियु सभापति लक्ष्मण खड्का लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद खनालको अध्यक्षता ,क्याम्पसका उपप्रध्यापक धर्मराज भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !