आईसीसी महिला टी–ट्वान्टी किक्रेटमा नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी एसिया छनोटमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।आज मलेसियामा भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।
कतारले दिएको ७५ रनको लक्ष्य पछ्याएको नेपालले १० ओभर ३ बलमा एक विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनको सामान्य स्कोर बनाएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस !