अर्घााखाँचीमा बजार अनुगमन,अखाद्य सामग्री नष्ट

सागर महत,सन्धिखर्क ।
जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन गरिएको छ ।सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकामा अनुगमनको क्रममा म्याद गुज्रेको, लेबलिङ नभएका अखाद्य सामग्री जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो ।


यस्तै विद्यालय क्षेत्र भित्र इजाजत पत्र विन मदिरा बेचेको पाएकोले जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।


पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको त्यस्ता पसलाई सुधार गर्नको लागि १५ दिनको समय दिएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।सामग्री नष्ट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य,घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close