पत्रकार पौडेलमाथी शिक्षकले गरे हातपात

अर्घाखाँची ।अर्घाखाँचीका पत्रकार घनश्याम पौडेलमाथी हातपात र दुर्व्यवहार भएको छ ।पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग माध्यमिक विद्यालयको समाचार संकलनमा गएको समयमा उनीमाथी सोहि विद्यालयका शिक्षकहरुले हातपात र दुर्व्यवहार गरेको बताइएको छ । विद्यालय व्यवस्थापन समितिमा भएको राजनितिकरण ढाकछोपको समाचार संकलन गर्न उनी त्यहाँ पुगेका थिए ।
तत्काल कारवाही प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणको लागि पत्रकार महासंघ अर्घाखाँची, प्रेस युनियन अर्घाखाँची शाखा लगायतले घटनामा संलग्नलाई तत्काल कारवाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन ।
पौडेल नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य , ग्यालेक्सी 4k टेलिभिजनका अर्घाखाँची सम्वाददाता र हिन्दु खबरका संचालक समेत हुन।यस्तै क्यामरामेन रुक्मांगद भट्टराई माथी शिक्षकहरुलेनै हातपात गरेको बताइएको छ ।
कमेन्ट गर्नुहोस !