लुम्बिनीमा जसपा बाट बनेका चार मन्त्रीको सांसद पदमुक्त

बुटवल ।जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका लुम्बिनी प्रदेश चार प्रदेशसभा सदस्य पदमुक्त हुनुभएको सुचना मार्फत जानकारी गराईएको छ । जसमध्ये सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त हुनुभएको हो ।निलम्बित भएका सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे ३ घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उहाँहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको थिएन ।

प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५)बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने मन्त्री बनेका सांसदहरूको निर्णयको स्वागत गर्नुभएको थियो ।यता संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादप पक्षले मन्त्रीबाट राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिनुभएको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close