देशभरमा प्युठानका २ वटा पालिकामा शून्य बेरुजु

प्युठान। प्युठानका दुई वटा पालिकामा बेरुजु शून्य देखिएको छ ।आर्थिक वर्ष २०७९/०८० मा देशभरमै उत्कृष्ट परिणाम हासिल गर्नेमा मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिका रहेका छन ।
अघिल्लो आर्थिक वर्षमा समेत मल्लरानी र सरुमारानी गाउँपालिकाले बेरुजु शून्य बनाएर देशभरमै पहिलो बनेका थिए ।
महालेखा परीक्षकको कार्यालयले आज ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
कमेन्ट गर्नुहोस !