प्युठानको मोतिपुरमा जीप दुर्घटना एक को मृत्यु,२ घाइते

प्युठान,।प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको जस्पुरदेखि दाङको भालुबाङतर्फ जादै गरेको लु ३ च ३८५५ नम्बर को जीप सरुमारानी गाउँपालिका ६ मोतिपुरमा दुर्घटना भएको हो ।मृत्यु हुनेमा दाङ लमही नगरपालिका ८ का २५ बर्षिया सत्यनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परि दुइ जना घाइते भएको छन् । घाइते हुनेमा गढवा गाउँपालिका ६ का २५ बर्षीय प्रकाश चौधरी र प्यूठान नगरपालिका १ खैराका १४ बर्षिय प्रबिण जीसी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close