नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा क्यालेन्डर बिमोचन तथा बनभोज कार्यक्रम

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाले आउँदै गरेको नयाँ वर्ष २०८० को क्यालेन्डर बिमोचन तथा बनभोज कार्यक्रम गरेको छ। नरपानीको विपि स्मृति पार्कमा भएको उक्त कार्यक्रममा बोल्दै कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलले कर्मचारीको हक हितको लागि सरकार जिम्मेवारी पुर्ण तरिकाले लाग्न आवश्यक भएको बताउनुभएको छ ।

यस्तै कर्मचारीको हक हितको लागि सबै संगठन एकजुट भएर लागेमा मात्र संगठनले कर्मचारीको हक हितमा काम गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल मुस्कान,कांग्रेस जिल्ला पार्टी सभापति केशव श्रेष्ठ,सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।


यस्तै कार्यक्रमा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्यालले आफुहरुको संगठनले पर्यटकीय स्थल नरपानीमा सरसफाइ,जिल्ला प्रवेश गर्नको लागि बाहिर बाट आउनेलाई सहज होस भनेर होडिङग बोर्ड,कर्मचारीका अधिकारको लागि विभिन्न आवाज उठाउदै आएको बताउनुभयो । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता सचिव अर्जुन रेग्मीको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close