सिन्धुलीमा बस दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका छन्। उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। ओखलढुङगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ। चालकको अवस्था सामान्य छ। उनको घुर्मीमा उपचार भइरहेको छ। बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close