अर्घाखाँचीमा एक पुरुष मृत फेला

सन्धिखर्क । अर्घाखाँचीमा १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।शितगंगा नगरपालिका वडा नम्बर १४ मा ५५ वर्षीय भुपाल पुन मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । निर्माणको काम गर्दै आएका प्युठान नौबेनी गाँउपालिकाका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका प्रहरी निरिक्षक होम रेग्मीले बताउनुभयो ।
बिहीबार बेलुका खाना खाएर सुतेको तर बिहान खाना खान नउठेपछि बोलाउदा मृत अवस्थामा फेला परेको छ । यस बारेमा थप अनुसन्धान भैरहेको बताएको छ । पुनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याएको छ ।
कमेन्ट गर्नुहोस !